Logo

ए डिभिजन लिग: च्यासललाई हराउँदै थ्री स्टारले गर्‍यो लिगको अन्त्य



Spread the love

२ फागुन, काठमाडौँ । जितका साथ रुस्लान थ्री स्टार क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको अन्त्य गरेको छ । अन्तिम खेलमा च्यासल युथ क्लबलाई २–० ले पराजित गर्दै थ्री स्टारले जितका साथ लिगको अन्त्य गरेको हो ।

थ्री स्टारलाई जित दिलाउने क्रममा भारतीय खेलाडी लाल रमाविया र अनन्त तामाङले गोल गरे। यो खेल अघि नै थ्री स्टारले लिगमा कम्तीमा चौथो स्थानमा रहँदै अन्त्य गर्ने पक्का गरेको थियो ।

च्यासललाई हराएपछि टोली २६ अंकका साथ तेस्रो स्थानमा उक्लेको छ । तर, नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब आजै हुने अर्को खेलमा विजयी भएको खण्डमा भने थ्री स्टार पुनः चौथो स्थानमा झर्नेछ ।

प्रतिक्रिया दिनुहोस्