Logo

रियल मड्रिडसँग पराजित भए मलाइ निकाल्न सक्छन्– पेप ग्वार्डिओला



Spread the love


एजेन्सी । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले च्याम्पियन्स लिगमा रियल मड्रिडसँग पराजित भए आफूलाई प्रशिक्षकबाट निकाल्न सक्ने बताउँछन् ।

ग्वार्डिओलाले गएको सिजनमा सिटीलाई प्रिमियर लिगसँगै तीन घरेलु ट्रफी जिताएका थिए । गत सिजनजस्तै यो सिजन भने उत्कृष्ट हुन सकेन । अहिले सिटी प्रिमियर लिगमा लिभरपुलभन्दा २२ अंकले पछाडि रहेको छ ।

ग्वार्डिओला सन् २०१६ मा सिटीमा अनुबन्ध भएका थिए । उनी अनुबन्ध भएको सिजन बाहेक अरु सिजनमा उनले क्लबलाई निराश पारेका छैनन् । केही न केही ट्रफी जिताएकै छन् । तर यसपाली भने उनलाई डर लागेको छ ।


च्याम्पियन्स लिगको रियल मड्रिडविरुद्ध हुने खेलले आफ्नो भविष्य निर्धारण हुने ग्वार्डिओलाकाे अड्कल रहेकाे छ ।

फेब्रुअरी २७ मा च्याम्पियन्स लिगको पहिलो लेगमा सिटी रियल मड्रिडविरुद्ध उसैको घरेलु मैदानमा प्रतिष्पर्धा गर्नेछ ।

फुटबल डेली अनुसार ग्वार्डिओला भन्छन्,“त्यहाँ धेरै उत्कृष्ट खेलाडीहरु छन् जसले हाम्रा समर्थकहरुलाई खुशी बनाएको छ । मलाइ थाहा छ मानिसहरु भन्छन् तिमी उत्कृष्ट छौ अथवा तिमी त्यति उत्कृष्ट छैनौ । म यस कुरालाई स्वीकार्छु । मैले च्याम्पियन्स लिग जित्न चाहन्छु, मैले रियल मड्रिडविरुद्धको खेलमा आनन्द लिनेछु । अब अरु मैले के गर्न सक्छु ?”

“यदि हामीले मड्रिडलाई जित्न सकेनौँ भने क्लबको अध्यक्ष वा अरु कुनै आएर च्याम्पियन्स लिग चाहिने कुरा गर्दै निकाल्न सक्छ,” ग्वार्डिओलाले थपे ।

सिरी ए च्याम्पियन्स युभेन्टसले यो समरमा ग्वार्डिओलालाई नयाँ प्रशिक्षकको रुपमा राख्न खोजेको कुरा बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्