Logo

प्रणय दिवस: पार्टनरलाई उपहार होइन, आफ्नो बानीमार्फत् विशेष महसुस गराउनुहोस् !



Spread the love

भ्यालेन्टाइन्स डेको दिन मानिसहरु आफ्नो पार्टनरलाई खुसी बनाउन विभिन्न प्रकारका उपहार खरिद गर्न गर्छन् । यदि तपाईं साँच्चै नै आफ्नो पार्टनरलाई सधैं खुसी देख्न चाहनुहुन्छ भने उपहारले मात्रै होइन, आफ्नो बानीमार्फत् विशेष महसुस गराउन सक्नुहुन्छ ।
प्रेमका साथै समय पनि दिनुहोस्ः
आफ्नी प्रेमिका वा श्रीमतीलाई समय दिनुहोस् । पार्टनरले कहिले ध्यान देला भनेर उनलाई कुर्नु नपरोस् । तपाईंले जति समय दिनुहुन्छ त्यसैमार्फत् महिलाले तपाईंको प्रेम बुझ्छन् ।
तारिफ गर्नुहोस्ः
पार्टनरको लागि तपाईंले भनेका शब्द निकै महत्वपूर्ण हुन्छ । सम्बन्धमा भएको यत्तिका समयपछि पनि पार्टनरको तारिफ गर्नु पर्छ र भनेर कहिले पनि नसोच्नुहोस् ।
सरी भन्न सिक्नुहोस्ः
जब तपाईं रिसमा केही गल्ती गर्नुहुन्छ तब चाँडोभन्दा चाँडो माफी माग्नुहोस् । सरी नभनीकन मूभ अन नगर्नुहोस् ।
सरप्राइज गिप्ट किन्नुहोस्ः
कहिले काँही कुनै प्रसंग बिना नै स–सानो उपहार दिनुहोस् । यसले तपाईंको उपहार महत्वपूर्ण नभई यसमार्फत् तपाईंले व्यक्त गर्ने प्रेमलाई पार्टनरले महसुस गर्छन् ।
सल्लाह माग्नुहोस्ः
जीवनको महत्वपूर्ण निर्णयमा पार्टनरलाई सँगै लिएर हिँड्नुहोस्, यसो गर्दा उनलाई आफ्नो महत्वबारे थाहा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्