Logo

बेहुलीले लगाउने सारीमा विवाद भएपछि विवाहको अघिल्लो रात बेहुला फरार



Spread the love

एजेन्सी । बेहुलीले विवाहमा लगाउने सारीको विषयमा विवाद निस्किएपछि कर्नाटकका एक व्यक्ति विवाहको एक रात भागेका छन् । बेहुलाका अभिभावक अभिभावकबीचक विवाहमा बेहुलीले कस्तो सारी लगाउने भन्ने विषयमा विवाद उत्पन्न भएको थियो ।

कर्नाटकको हसननगर नजिक रहेको एक गाँउका बासिन्दा बीएन रघुकुमार अभिभावकको इशारामा विवाह समारोहमा सहभागी नभइ भागेका हुन्। प्रहरीले रघुकुमारका अभिभावकविरुद्ध पनि मुद्दा हालेका छन् ।

रघुकुमार र बीआर संगिथाको पहिले प्रेम र त्यसपछि विवाह हुन लागेको थियो । विवाहका लागि केटा र केटी दुवैका अभिभावक पनि राजि थिए ।

तथापि, रघुकुमारका अभिभावकले संगिथालाई विवाह समारोहको दिन लगाउने सारी फेर्न आग्रह गरेका थिए । तिनले केटीले लगाउने भनेर छानेको सारीको गुणस्तरसँग आफूहरु सन्तुष्ट नभएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्