Logo

गुगल म्यापले दियो धोका, होटेल खोज्दै जाँदा हिमनदीमा



Spread the love

एजेन्सी । चाहे तपाईं गाडी चलाइरहनुभएको होस् वा पैदलै हिँड्नुभएको होस् गुगलले तपाईं गन्तव्यमा पुग्ने बाटो देखाइदिन्छ । तर कहिलेकाहीँ गुगल म्यापको भर पर्नु निकै हानिकारक हुँदो रहेछ । हालै अमेरिकामा एकजना व्यक्ति यस्तै समस्यामा परेका छन् । आफू गुगल म्यापले देखाएको बाटो हुँदै हिँड्दा हिउँ जमेको नदीमा खसेको उनले बताएका छन् ।

जब उनी जमेको नदीमा फसेका थिए उनलाई सहयोग गर्नका लागि आसपासमा कोही पनि थिएनन् । धन्न भाग्यबस उद्धारकर्मीहरूले उनको उद्धार गरे । एक व्यक्ति आफू बस्ने होटलमा जानु थियो तर उनलाई होटल जाने बाटो थाहा थिएन । त्यसपछि उनले उक्त होटलको ठेगाना हालेर गुगल म्यापमा देखिएको बाटो पछ्याउँदै हिँडे । गुगलले देखाएको बाटोबाट हिँड्दै जाँदै गर्दा उनको बाटो चिसोका कारण जमेको मिसिसिपी नदी हुँदै जानुपर्ने थियो ।

जमेको नदी माथिबाट हिँड्दै गर्दा अचानक हिउँ भासियो र उनको आधा जिउ पानीमा डुब्यो । मध्यरातमा जमेको नदीमा खसेपछि उनले दमकल विभागलाई फोन गरेर गुहार मागे । त्यसपछि उद्धारकर्मीहरूले उनको ज्यान जोगाउन सफल भए ।

प्रतिक्रिया दिनुहोस्