Logo

ब्याटम्यानको फस्ट लुक ट्रेलर सार्वजनिक



Spread the love


एजेन्सी । हलिउडको चलचित्र ब्याटम्यानको फस्र्ट लुक ट्रेलर सार्वजनिक भएको छ ।

फस्ट लुक ट्रेलरमा अभिनेता रोबर्ट प्याटिन्सन ब्याटम्यानको नयाँ सुटमा सजिएका छन् । ब्याटम्यानमा अभिनेता रोबर्ट प्याटिन्सनले ब्रुस वाइनीको भूमिका निभाएका छन् ।

सुरुमा ब्याटम्यानको नयाँ सुटलाई फोकस गरी अन्त्यमा रोबर्ट प्याटिन्सनको अनुहार देखाइएको छ ।
रोबर्ट प्याटिन्सनको करिअरकै ठुलो चलचित्र हुने अनुमान गर्न सकिन्छ । सुरुमा ब्याटम्यानको भूमिकामा रोबर्ट प्याटिन्सन देखिने चर्चा चल्दा धेरैले उनले उक्त रोल गर्न सक्दैनन् भनी खिल्ली उडाएका थिए ।


म्याट रीभ्सकाे निर्दशनमा बनेकाे प्रस्तुत चलचित्र सन् २०२१ को जुन २५ मा रिलिज हुने छ ।

प्रतिक्रिया दिनुहोस्