Logo

फागुन पहिलाे हप्ताकाे साप्ताहिक राशीफल



Spread the love

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मनोरञ्जनपूर्ण साता छ, प्रेमी/प्रेमिका वा पतिपत्नीका बीचमा सुमधुर सम्बन्ध कायम हुनेछ । घरायसी काममा समय र धन खर्च हुनेछ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । पुराना साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ । कर्मसिद्धिको समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

मिश्रित प्रभाव भएको साता हुनेछ । सामान्यतया रसरङ्गमा समय बित्नेछ । मेवामिष्ठान्न खान पाइने र मनोरञ्जनमा रमाउन पाउनु हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । घरमा परपाहुना र अतिथिको आगमन हुनसक्छ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । कुनै लाभदायक समाचार सुन्न पाइएला । तर बुधवारदेखि शुक्रवारसम्म अनुकूल समय रहने छैन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

विगतमा गरेको परिश्रमको प्रतिफल प्राप्त हुनेछ, रोकिएका काम बन्ने योग छ । पठनपाठनमा प्रगति हुनेछ । सभासमारोहमा सहभागी बन्ने मौका छ । आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । चिन्तन महत्त्वपूर्ण बन्न सक्छ । जीवनसाथी वा विपरीतलिंगी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्नका लागि राम्रो छ । घरमा माङ्गलिक कृत्य सम्पादन गर्ने समयसमेत छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

साताको प्रारम्भ अनुकूल छैन, आफ्नै जिद्दीपनाले गर्दा काम बिग्रने र छरछिमेकमा असमझदारी बढ्ने सम्भावना छ । तर सोमबारपछिको समय अनुकूल रहने छ, लामो समयपछि रसरङ्गको चाहना पूर्ण हुने योग आएको छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । बालबच्चाबाट पनि सुखसन्तोष प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

साताको प्रारम्भमा विद्वान् र प्राज्ञिक व्यक्तिहरूबाट सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । विदेश वा दूरदराजमा बसेका व्यक्तिहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । धार्मिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

धनधान्य बृद्धि हुने साता छ, सुरुमा सामाजिक र व्यक्तिगत प्रतिष्ठा स्थापना गर्ने मौका छ । पढाइलेखाइको क्षेत्रमा प्रगति हुनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । दिनदुःखीलाई दिएको सहयोगले रोकिएको काम बन्न सक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । बुधबारदेखि शुक्रवारसम्म परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

राशिमा रहेको चन्द्रमाका साथमा साताको सुरुवात हुँदैछ, त्यसैले व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । धार्मिक सामाजिक कामको दायित्व थपिन पनि सक्छ । भाँडाकुँडा, घरायसी बन्दोबस्तका सामान र सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

साताको प्रारम्भमा खर्चबर्चमा नियन्त्रण गर्नुपर्ने समय चल्दैछ, यस अवधिमा लामो दूरीको यात्रा हानीकारक बन्नसक्छ । शरीरमा पीडा हुनेछ । घाउचोट तथा अन्य वस्तुले समेत दुःख दिनसक्छ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति पनि आउनसक्छ । परिवारबाट असहयोग हुनेछ । सोमबारपछि राशिमा चन्द्रमाको प्रवेश हुनाले बन्दव्यापार र व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुनेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने त्यसपछि अनुकूल छ । नयाँ काममा हात हाल्ने समय भएकाले आफ्ना विचारलाई कार्यान्वयन गर्दा राम्रो हुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मिश्रित प्रभाव रहेको साता छ । सुरुमा सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक, सामाजिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । सोमबारदेखि बुधवारसम्म अनुकूल समय हुँदैन, विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । अशान्ति र अराजकताका समाचार सुन्नु पर्ने हुनसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कर्मप्रति लगनशील भई व्यवहार गर्न सकेमा यो साता उत्कृष्ट समय रहने छ, जग्गाजमिनको कारोबार गर्दा असल हुनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ । अरुबाट तपार्इंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

यो साता प्रेम र भाइचारा जीवन्त तुल्याउने विशिष्ट समय हो । दुर्गमस्थान र टाढाको यात्राको सम्भावना छ । मातापिता, अभिभावक र मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाह प्राप्त हुनेछ अनि कुनै महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । पितृधनबाट फाइदा उठाउन सकिनेछ, प्रशस्त आम्दानी हुने सङ्केत पनि छ, आम्दानी गरिएको धन खर्च हुने सम्भावनासमेत छ । आलोचनाबाट बच्नुहोला । आत्मबल बढ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

साताको प्रारम्भ अनुकूल छैन, आठौं भावमा चन्द्रमा छ, एकातिर व्यक्तिगत स्वास्थ्यमा गडबडी आउने सङ्केत छ भने अन्य व्यवहारिक समस्याबाट मुक्त भएर बस्न पनि कठिन हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । तर सोमबारपछि उत्साहवर्द्धक समय छ, धार्मिकस्थल, देवालय आदिको भ्रमण हुन सक्छ, साथै मनोरञ्जन प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । हाकिम वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्