Logo

आउँदो दशैंमा ‘ए मेरो हजुर – ४’ रिलिज हुने पक्का



Spread the love


काठमाडौं । नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर – ४’  आउने दशैंमा रिलिज हुने पक्का भएको छ ।

चलचित्र निर्माण पक्षले २०७७ को कात्तिक ७ गते रिलिज हुने जानकारी पक्का गरेको छ । नायिका झरना थापाको निर्देशनमा बनेको चलचित्र ए मेरो हजुर–४ मा अनमोल केसी र सुहाना थापाको प्रमुख अभिनय रहेको छ । ए मेरो हजुर–३ मा पनि अनमोल र सुहाना थापाको अभिनय रहेको थियो । सोही चलचित्रबाट झरना थापाकी छोरी सुहाना थापाले डेब्यू गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्