Logo

फिल्म फेयर अवार्डमा कसले के जित्याे ?



Spread the love

एजेन्सी । बलिउड चलचित्र उद्योगको फिल्म फेयर अवार्ड निकै प्रतिष्ठित कार्यक्रममा गनिन्छ । ६५ औँ फिल्म फेयर अवार्ड सम्पन्न भएको शनिबार राति गुवाहिटीमा सम्पन्न भएको छ ।

जोया अख्तरको चलचित्र गल्ली बाेए चलचित्र १३ विधामा मनाेनित भएकाे थियाे । गल्ली बोइले १० अवार्ड जितेकाे छ । यसभन्दा पहिला सन् २००५ मा रिलिज भएको ब्ल्याक चलचित्र ११ विधामा मनाेनित भएकाे थियाे ।

फिल्म फेयर अवार्डमा कसले के पायो ?
१) उत्कृष्ट चलचित्र– गल्ली बोइ
२) उत्कृष्ट निर्देशक– जोया अख्तर (गल्ली बोए)
३) उत्कृष्ट चलचित्र (समीक्षक) – अनुभव सिन्हा (आर्टिकल १५) अभिशेक चाैबे (साेनचिडिया )
४) उत्कृष्ट अभिनेता– रनवीर सिंह (गल्ली बोए)
५) उत्कृष्ट अभिनेता (समीक्षक) –आयुश्मान खुराना (आर्टिकल १५)
६) उत्कृष्ट अभिनेत्री – आलिया भाट (गल्ली बोए)
७) उत्कृष्ट अभिनेत्री ( समीक्षक)– भूमि पेडनेकर र तापसी पन्नु (साँड की आँख)
८) उत्कृष्ट सहायक अभिनेता– सिद्धार्थ चर्तुवेद (गल्ली बोए)
९) उत्कृष्ट सहायक अभिनेत्री– अमृता सुभाष (गल्ली बोए)
१०) उत्कृष्ट डेब्यू निर्देशक– आदित्य धर (उरी)

प्रतिक्रिया दिनुहोस्