Logo

वुहानबाट नेपाली ल्याएको विमान ४८ घण्टासम्म नउड्ने



Spread the love

४ फागुन, काठमाडौं । आइतबार बिहान चीनको वुहानबाट नेपालीलाई उद्दार गरेर ल्याएको नेपाल एयरलाइन्सको विमान दुई दिनसम्म नउड्ने भएको छ ।

स्वास्थ्य सतर्कताका लागि ४८ घण्टा नउडाइने विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । उनका अनुसार विमानलाई विमानस्थलको रिर्मोट पार्किङमा राखिएको छ । र, ४८ घण्टापछि मात्रै नियमित उडानमा जान अनुमति दिइनेछ ।

नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्का विश्व स्वास्थ्य संगठको मापदण्डअनुरुप नै विमानलाई ४८ घण्टा निलम्बनमा राखिएको बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्