Logo

सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै पनि हालतमा छाडिन्न: मन्त्रि अर्याल



Spread the love

४ फागुन, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै पनि हालतमा नछोड्ने बताएकी छन् । महानगरको वडा नम्बर ३१ स्थित सहयोगी नगरमा रहेको १७ रोपनी जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको हो ।

उक्त जग्गामा आइतबार मन्त्री पद्माकुमारी अर्यालले आइतबार ‘सरकारी जग्गा’ लेखिएको साइनबोर्ड गाडेकी छन् । बोर्ड राख्दै मन्त्री अर्यालले व्यक्तिको जग्गा सरकार मातहत ल्याउने कामकाे थालनीमात्र भएको बताइन् ।

अहिलेसम्म सरकारले देशका विभिन्न स्थानमा २ सय ६४ बिघा जमिन व्यक्तिका नामबाट सरकारको नाममा दर्ता गरिसकेको उल्लेख गर्दै अर्यालले आइतबार उपत्यकाका तीन स्थानमा अतिक्रमणमा परेको जग्गामा सरकारी बोर्ड गाडिने बताइन् ।

मन्त्रालयले आइतबार काठमाडौं महानगरको वडा नम्बर ३१ मा रहेको कित्ता नम्बर ३७६, १८, ३७५, २८६, २८८ गरी कुल ५ हजार ३ सय ४७ दशमलव ५१ वर्ग किलोमिटर अतिक्रिमित जग्गामा सरकारी बोर्ड राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्