Logo

बक्स अफिसमा खस्कियो लभ आजकल



Spread the love


एजेन्सी । इम्तियाज अलिद्धारा निर्देशन भएको चलचित्र लभ आजकल बक्स अफिसमा खस्किएको छ ।

बक्स अफिस इन्डिया डट कमका अनुसार लभ आजकल ४० प्रतिशतले खस्किएको बताएको छ । भ्यालेन्टाइन डेको अवसर पारेर रिलिज भएको चलचित्र लभ आजकलले शुक्रबार १२ करोड भारु बनाउन सफल भएको थियो । तर शनिबार भने ७ करोड भारु बनायाे ।
ट्रेड पोर्टल फर्दरले आइतबार लभ आजकलले आफ्नो कमाइमा वृद्धि गर्न सक्ने अनुमान गरेको छ ।
लभ आजकलले दर्शकको मन तान्न सकेन । इम्तियाज अलिकै सन् २००९ मा रिलिज भएको लभ आजकल अझै पनि दर्शकहरुको मनमा ताजा छ । लभ आजकलले न त कमाइ गर्न सक्यो न त दर्शकको माया नै ।

प्रतिक्रिया दिनुहोस्