Logo

धेरै थकित र कमजोर महसुस गर्नेहरुको लागि सख्खरको प्रयोग आवश्यक !



Spread the love

सख्खर उखु पेलेपछि खुदोबाट बनाइने एक किसिमको मिठाई परिकार हो । विशेषगरी तराई र पहाडी भेगमा समेत पाइने उखुको रसलाई निश्चित तापक्रमसम्म उमालेपछि त्यो खुदो बन्ने गर्छ ।

प्राचीनकालदेखि नै सख्खरको महिमाबारे धेरै वर्णन पाइन्छ । कतिपय अवस्थामा आयुर्वेदिक चिकित्सकहरुले विविध बिरामीलाई निको पार्नको लागि समेत यसको प्रयोग गर्ने गरेका हुन्छन् । यस्ता छन् सख्खर खानुका फाइदाहरु :
१ सख्खर खाँदा ग्यास्टि्रकको समस्या रहँदैन।
२ विशेषगरी सख्खर स्वास्थ्यवर्द्धक मान्ने गरिन्छ ।
३ पाचन प्रणालीको लागि सख्खर अति उत्तम खानेकुरा मान्ने गरिन्छ ।
४ सख्खरले शरीरको रगत सफा गर्छ र मेटाबोलिज्मलाई निको पार्छ । दिनहुँ एक गिलास पानी वा दुधको साथ सख्खरको सेवन गर्नाले पेट चिसो हुन्छ ।
५ छालाका लागि सख्खरले रगतबाट नराम्रो विषाक्त पदार्थ हटाउँछ, जसले छालाको चमक बढाउन मद्दत गर्छ ।
६ सख्खरको सेवनले चिसो र कफबाट बच्न पनि मद्दत गर्छ । यदि तपाईं चिसोको समयमा कच्चा सख्खर खान चाहनुहुन्छ भने चियामा पनि यसलाई प्रयोग गर्न सकिन्छ ।
७ उर्जाका लागि सख्खरको सेवनले तपाईंको उर्जाको स्तर बढाउँछ । जब तपाईं धेरै थकित र कमजोर महसुस गर्नुहुन्छ यसको समाधानको लागि पनि सख्खरको प्रयोग गर्न सकिन्छ ।
८ सख्खरमा एलर्जीलाई कम गर्ने तत्वहरू पाइन्छ । त्यसैले यसको प्रयोग दमका बिरामीहरूका लागि समेत धेरै फाइदाजनक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्