Logo

‘सेन्टिभाइरस’को दोस्रो गीत ‘आफ्नो पार्टी जिताइदे’ सार्वजनिक(भिडियोमा)



Spread the love

पछिल्लो समय फिल्मी दुनियाँबाट केही बाहिरिएर समाजसेवी तिर लागेका चर्चित हाँस्य कलाकार तथा समाजसेवी हुन्- धुर्मुस-सुन्तली । धुर्मुस-सुन्तलीको जोडिले चलचित्र निर्माण गरेको चलचित्र ‘सेन्टिभाइरस’को पहिलो गीत ‘फनफनी’ दर्शकले आत्यधिक मन पराए पछि निर्माण टिमले उक्त चलचित्रको दोस्रो गीत ‘आफ्नो पार्टी जिताइदे’ बोलको गीत ओएसआर मुभिज युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

हर्क साउदको शब्द रहेको गीतमा सुशान्त गौतमले संगीत भरेका छन् भने उक्त गीतमा चर्चित प्रमोद खरेल र बिद्या मन्जु तिवारीको स्वर रहेको छ ।

सार्वजनिक गीतमा राजनीति, सामाजिक संरचना, पारिवारिक द्वन्द्व र राजनीतिले कसरी एउटा व्यक्तिको व्यक्तिगत जीवनमा उतारचढाव ल्याउँछ भन्ने देखाइएको छ ।

चलचित्रको मुख्य भूमिकामा धुर्मुस र सुन्तलीसँगै नायक दयाहाङ राई, तिथि राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाल लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

कस्तो बन्यो धुर्मुस-सुन्तलीको 'सेन्टी भाइरस'को ट्रेलर

चलचित्र सामाजिक कथामा आधारित रहेको निर्देशक रामबाबु गुरुङले बताएका छन् । चर्चित हाँस्य कलाकार कुमार कट्टेल ‘जिग्री’ र दीपक आचार्यको लेखन रहेको छ भने यस चलचित्रलाई डिन्डु लामा ह्योल्मोले निर्माण गरेको हुन् ।

चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । चलचित्र आगामी फागुन ९ शिवरात्रीको अवसरमा रिलिज हुँदैछ ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/aoZwc4Ng5Zw



प्रतिक्रिया दिनुहोस्