Logo

करणीसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी घुस लिएको अभियोगमा मुद्दा दायर



Spread the love

५ फागुन, काठमाडाैँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी परिसर ललितपुरमा दर्ता भएको सामूहिक करणीसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी घुस लिएको अभियोगमा तत्कालीन प्रहरी सहायक निरीक्षक उमेश केसीविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दर्ता गरेको छ ।

करणी मुद्दाका प्रतिवादीको पुर्पक्षका लागि कारागारमा रहेको अवस्थामा बकपत्रको समयमा पीडितलाई समेत बयान मिलाइदिने भनी घुस मागेको पाइएको आयोगले जनाएको छ । आयोगले प्रहरी सहायक निरीक्षक केसीविरुद्ध रु ६० लाखको बिगो कायम गरी मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्