Logo

काँग्रेसलाई बलियो बनाउन सबै लागौँ : वरिष्ठ नेता पौडेल



Spread the love

५ फागुन, तनहुँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिएका छन् । नेपाली काँग्रेस आँबुखैरेनी गाउँ कार्य समितिले आइतबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेस बलियो भए मात्रै लोकतन्त्र बलियो हुने धारणा व्यक्त गरे ।

काँग्रेसप्रति अझै पनि जनताको आशा र भरोसा रहेकाले पार्टीभित्रै सुधारको आवश्यकता रहेकामा वरिष्ठ नेता पौडेलले जोड दिए । दुई तिहाइ जनमत प्राप्त सरकारले जनताको भावनाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै नेता पौडेलले सरकारको कार्यशैली सच्चिनुपर्ने टिप्पणी गरे । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी काँग्रेस प्रवेश गर्ने २० युवालाई वरिष्ठ नेता पौडेलले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्