Logo

युभेन्टसद्धारा ब्रेसिया पराजित



Spread the love


एजेन्सी । गए राति सम्पन्न भएको सिरी ए फुटबल अन्तर्गतको खेलमा युभेन्टसले ब्रेसियालाई पराजित गरेको छ । युभेन्टसले ब्रेसियालाई २–० ले पराजित गरेको हो ।

३७ औँ मिनेटमा घरेलु टोली ब्रेसियाका फ्लोरिन आएले रातो कार्ड पाएपछि ब्रेसिया १० खेलाडीमा सीमित हुन पुगेको थियो । १० खेलाडीमा सीमित भएको एक मिनेटमा नै पाहुना टोलीका पल डिबालाले ब्रेसियाविरुद्ध गोल गरी सुरुवाती अग्रता दिलाए । खेलको ७५ औँ मिनेटमा जुआन कुअड्राडोले गोल गरेर युभेन्टसलाई २–० ले जिताए ।

खेलमा जित निकालेसँगै युभेन्टस तालिकाको शीर्ष स्थानमा पुगेको छ भने हार व्यहोरेको ब्रेसिया १९ औँ स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्