Logo

ला लिगा: हजार्डको पूनरागमनमा रियाल सेल्टासँग बराबरीमा रोकियो



Spread the love

एजेन्सी । इडेन हजार्डले झन्डै दुई महिनापछि चोटबाट पूनरागमन गरेको खेलमा रियाल म्याड्रिड स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ । घरेलु मैदानमा रियमले सेल्टा डि भिगोसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

रियलसामु ३ अंकको अग्रता लिने अवसर थियो । तर बराबरीपछि रियल र बार्सिलोनाबीच १ अंकको मात्र अन्तर छ । २४ खेलबाट रियलको ५३ र बार्सिलोनाको ५२ अंक छ । रियालका टोनी क्रुस र कप्तान सर्जियो रामोसले गोल गरे । सेल्टाका फेडर स्मोलोभ र सान्टी मिनाले गोल गरे ।

आइतबार राति भएको रियाललाई खेलको पाँचौ मिनेटमा इयागो आस्पासको पासमा फेडेर स्मोलोभको गोलमार्फत सेल्टालाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफको सुरुमै रियालले बराबरी गोल फर्काउन सफल भयो । ५२औं मिनेटमा मार्सेलोको पासमा टोनी क्रुसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६५औं मिनेटमा कप्तान सर्जियो रामोसले पेनाल्टीमा गोल गर्दै रियाललाई खेलमा २–१ को अग्रता दिलाए । ८५औं मिनेटमा डेनिस सुआरेजको पासमा सान्टी मिनाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल हुन नसक्दा रियाल सेल्टासँग बराबरीमा रोकिन बाध्यो बन्यो ।

प्रतिक्रिया दिनुहोस्