Logo

प्रिमियर लिग: एस्टन भिल्लामाथि टोटेनहमको रोमाञ्चक जित



Spread the love

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा टोटेनहम हस्टपरले रोमाञ्चक जित निकालेको छ । टोटेनहमले एस्टन भिल्लामाथि ३–२ को रोमाञ्चक जित हात पारेको हो ।

ह्युङ मिन सनले इन्ज्यरी समयमा गोल गर्दै टोटेनहमलाई ३–२ को रोमाञ्चक जित दिलाए । नवौं मिनेटमा टोवी एल्डरवेरेल्डको आत्मघाती गोलबाट घरेलु टोलीले खेलमा अग्रता बनायो । टोवीले २७औं मिनेटमा बराबरी गोल फर्काए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा ह्युङ मिन सन पेनाल्टीमा चुकेपनि रिवाउन्डमा गोल गर्न सफल हुदा टोटेनहमले पहिलो हाफमा २–१ को अग्रता लियो ।

५३औं मिनेटमा बिजर्न इंगेल्सले बराबरी गोल फर्काए । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा सनले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै टोटेनहमलाई ३–२ को रोमाञ्चक जित दिलाए ।

जितपछि पाँचौँ स्थानमा पुगेको टोटनह्यामको २६ खेलबाट ४० अंक भएको छ । एस्टन भिल्ला २५ अंक जोडेर १७औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्