Logo

जर्मन बुन्डेस लिगामा बायर्नको शीर्षस्थान कायमै



Spread the love

एजेन्सी । बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा शीर्षस्थानलाई कायमै राखेको छ । आइतबार राति एफसी कोल्नलाई ४–१ ले पराजित गर्दै बायर्नले शीर्षस्थानमा १ अंकको अग्रता यथावत राखेको हो ।

बायर्नको फराकिलो जितमा सर्जी जिनाब्रीले दुई तथा रोवर्ट लेवान्डोस्की र किङ्सले कोमानले समान एक गोल गरे । मार्क अथले एक गोल फर्काए ।

खेलको तेस्रो मिनेटमा रोवर्टो लेवान्डोस्कीको गोलमार्फत बायर्नले खेलमा अग्रता बनायो । पाँचौं मिनेटमा कोमानले गोल गरेपछि बायर्न खेलमा २–० को अग्रता लियो । १२औं मिनेटमा सर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई पहिलो हाफमा ३–० को अग्रता दिलाए । ६६औं मिनेटमा सर्जी जिनाब्रीले व्यक्तिगत दोस्रो तथा टोलीको लागि चौथो गोल गरेपछि बायर्न ४–० को फराकिलो जिततर्फ अग्रसर बन्यो । ७०औं मिनेटमा घरेलु टोलीका मार्कले एक गोल फर्काएपनि हार टार्न सकेन ।

जितसँगै बायर्नको २२ खेलबाट ४६ अंक पुगेको छ । कोल्न २३ अंक जोडेर १४औं स्थानमा छ । अर्काे खेलमा मेइन्ज र साल्केले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

प्रतिक्रिया दिनुहोस्