Logo

निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री, साढे ३ बजे सपथ ग्रहण



Spread the love

५ फागुन, काठमाडौं । निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री बन्ने भएकी छन् । तुम्बाहाङ्फेले आजै दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँदैछिन् । शिवमायाको साढे ३ बजे सपथ ग्रहण गराउने कार्यक्रम रहेको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ।

गत पुसमा तत्कालीन उपप्रधानमन्त्री एवम् कानुन मन्त्री उपेन्द्र यादवले राजीनामा दिएपछि कानुन मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई दिइएको थियो।

उपसभामुखबाट राजीनामा दिनुभन्दा पहिला प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई मन्त्री बनाउने वचन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्