Logo

एक दिवसिय अन्तर्राष्ट्रिय वरियतामा नेपालको एक स्थान सुधार



Spread the love

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) एक दिवसिय अन्तर्राष्ट्रिय वरियतामा सुधार गरेको छ । आईसीसीले आइतबार सार्वजनिक गरेको नयाँ ओडीआई वरियतामा नेपाल एक स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिन सफल भएको हो ।

नयाँ वरियता अनुसार नेपालको १२ खेलमा २ सय ३७ अंक र २० रेटिङ छ । १७ औं स्थानमा नामिबिया, १८ औं यूएई, १९ मा अमेरिका र २० मा पप्पुवा न्युगिनी छन् ।

शीर्ष स्थानमा इंग्ल्यान्ड छ भने भारत दोस्रो, न्युजिल्यान्ड तेस्रो, दक्षिण अफ्रिका चौथो र अष्टेलिया पाँचौ स्थानमा छन् । टि ट्वान्टीमा भने नेपाल १२ औं स्थानमा यथावत छ ।

प्रतिक्रिया दिनुहोस्