Logo

एबी इन्टरनेसनलले चलचित्र बोर्न टु डान्स बनाउने



Spread the love


एजेन्सी । अमन तामाङको निर्देशन र एबी इन्टरनेसनलको निर्माणमा नेपाली कथानक चलचित्र बोर्न टु डान्स बन्ने भएको छ ।

प्रस्तुत चलचित्र नृत्यमा आधारित रहेको छ । निर्माण कम्पनीले बोर्न टु डान्स खास प्राेजेक्ट भएकाे र सोही चलचित्रको लागि विगत ५ वर्षदेखि काम भइरहेको बताएको छ ।

चलचित्रमा नृत्यमा पूर्ण मानिसको आवश्यक पर्ने भएकाले कसलाई राख्ने भन्ने बारेमा अझै निर्णय भएको छैन । नेपाल, अमेरिका र क्यानडामा चलचित्रको छायांकन गरिने छ । चलचित्र बोर्न टु डान्स आगामी वर्ष रिलिज हुने छ ।

प्रतिक्रिया दिनुहोस्