Logo

तेजासको फस्ट लुक सार्वजनिक



Spread the love


एजेन्सी । हिन्दी कथानक चलचित्र तेजासको फस्ट लुक सार्वजनिक भएको छ ।

फस्ट लुकमा नेसनल अवार्ड र पद्य श्री अवार्ड विजेता कंगना रनावत आर्मीको पहिरनमा हातमा हेल्मेट लिइ उभिएकी देखिएको छ ।

तेजास चलचित्रमा कंगना रनावत पाइलटमा भूमिकामा रहेकी छिन् । चलचित्र तेजासमा इन्डियन एयर फोर्सका बहादुर पाइलटहरुको कथा समेटिएको छ ।

चलचित्र तेजास रोनी स्क्रुवालाको निर्माणमा बन्न लागेको चलचित्र हो । चलचित्रका निर्देशक सर्वेश मेवरा हुन् । चलचित्र सन् २०२१ को अप्रिलमा रिलिज हुने छ ।

प्रतिक्रिया दिनुहोस्