Logo

यस्ता छन् आजका पत्रपत्रिकाका सम्पादकीय



 

औचित्यहीन निर्देशन : नागरिक

मुलुकको कार्यकारी प्रमुखदेखि संसदीय समितिहरुसम्मले दिएका निर्देशन पालना नहुने प्रवृत्ति देखिएको छ , त्यसले प्रधानमन्त्रीय र संसदीय पद्धतिकै उपहास भएको छ ।

एक हिसावले भन्ने हो भने सरकारी तथा संसदीय सिितका निर्देशनहरु जे जसरी निरर्थक देखिएका छन्, त्यसले निर्देशन दिनेहरुको निरीहता मात्रै प्रकट भएको छैन राज्य संयन्त्रको गैरजिम्मेवारीपनलाई पनि छर्लङ्ग पारिदएको छ ।

जस्तै : प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी देखेर आफु लज्जित भएको बताउँदै १५ दिनभित्र पुर्न साउन १ गते सम्बन्धित कार्यलयका प्रमुखलाई निर्देशन दिएका हुन् ।

उनको निर्देशन त्यस अवधिमा पुरा हुन त परै जाहोस्, अहिलेसम्म पनि पालना भएको छैन ।

बजारमा अर्थको हस्तक्षेप आवश्यक : कान्तिपुर 

आपुर्ति विभागले गरेको अनुगमनका एक प्रतिशतलाई पनि मुद्धा नलाग्नु र राजस्व प्रशासनले बजारतर्फ धयन नदिनुले उपभोक्ताप्रति सरकारी उदासीनता कुन स्तरमा छ भन्ने देखाउँछ ।

काठमाडौंको दरबारमार्गमा ब्रान्डेड सामान बेच्ने भनिएका पसलमा आपुर्ति विभागले गरेको अनुगमनका क्रममा देखिएका गडबाडिलाई कसरी कारबाही गर्ने भने अझै यकिन हुन सकेको छैन ।

न्युन बिजकीकरण, राजस्व छलिसंगै उपभोक्ता पनि ठगिएको प्रस्ट देखिईसक्दा पनि तालुकवाला अर्थ मन्त्रालय र यसअन्र्तगतका निकायले कारबाही गर्नुको साटो अवरोध गरिरहनु उदेक लाग्दो छ ।

आपुर्ति विभागले खुलेआम अर्थको सहयोग नरहेको बताईरहेको छ ।

अर्थमन्त्री, सचिव वा राजस्वसचिव कोही पनि यस विषयमा बोल्न चोका छैनन् ।

राज्य गम्भीर बननुपर्ने क्षेत्र  : नपाल समाचारपत्र 

जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने विभिन्न थरीका औषधि बिक्रिवितरण गर्न सकारले प्रतिबन्ध लगाए पनि त्यस्त औषधि खुलेआम रुपमा विक्रिवितरण हुँदै आएको छ ।
विज्ञापन शैलीमा औषधिको खोलमा तस्विर राखिएका, मनोउद्धिपक र लागुऔषध प्रयोगकर्ताकाले नशाका रुपमा लिने केही औषधि बिक्रि हुने गरको घट्ना पटक पटक दोहोरिँदै आएका छन् ।

विगत एक बर्षको अविधिमा देशभरका ११ वटा औषधि पसल मापदण्डविपरित सञ्चालनमा रहेको फेला परेपछि मुद्धा चलाईएको छ ।, राज्यले यस्ता विषयमा गम्भीर बन्नैपर्छ ।

अस्पतालमाथिग विश्वास कसरी गर्ने ? : नयाँ पत्रिका 

कुनै पनि मानिसमा सामान्यदेखि घातक जस्तासुकै रोग लागेको अवस्थामा अस्पताल पुग्नु सके बाँचिन्छ भन्ने विश्वास हुन्छ ।

विरामीले अस्पताललाई स्वास्थ्यकी देवी मन्दिर नै मानेको हुन्छ ।

अस्पताल, चिकित्सक र नर्समाथि विरामीमा अत्यन्त ठुलो विश्वास हुन्छ, तर, त्यही अस्पताल, तिनै चिकित्सक र तिनै नर्सले नै विरामीको स्वास्थ्य र जीबनमाथि नै जानाजान खेलवाड गर्छन् भने विरामी र तिनका आफन्तले उनीहरुमाथि कसरी भरोसा गर्ने ?

प्रतिक्रिया दिनुहोस्