
५ फागुन, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौँबाट बलात्कार प्रयास मुद्दामा सफाइ पाएका छन् । महरालाई जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले सफाइ दिएको हो ।
यसअघि महराले जिल्ला अदालत काठमाडौंको फैसलाविरूद्ध पाटन उच्च अदालतमा निवेदन दिएका थिए। उच्च अदालतले जिल्लाको फैसलालाई सदर गरिदिएको थियो।
संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा महरामाथि मुद्दा लागेको थियो । यसअघि महरालाई जिल्ला अदालतले कसूरदार होइन भन्न नमिल्ने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
प्रतिक्रिया दिनुहोस्