Logo

चलचित्र अङ्ग्रेजी मिडियमको नयाँ प्रदर्शन मिति सार्वजनिक



Spread the love


एजेन्सी । हिन्दी कथानक चलचित्र अङ्ग्रेजी मिडियमको नयाँ प्रदर्शन मिति सार्वजनिक भएको छ ।

म्याडलक फिल्मस् नामक ट्विटर ह्यान्डलले चलचित्र प्रदर्शनको नयाँ मिति सार्वजनिक गरेको हो । चलचित्र पहिला मार्च २० मा प्रदर्शन हुने बताइएको थियो तर एक हप्ताअघि सरेको छ ।

चलचित्र अङ्ग्रेजी मिडियममा इरफान खान र करिना कपुरको मुख्य भूमिका रहेको छ । इरफान र करिनालाई राधिका मदन, दीपक डोब्रियाल, पंकज त्रिपाठी लगायतका कलाकारहरुले साथ दिएका छन् । चलचित्र होमी अदाजानियाको निर्देशनमा बनेको हो ।

सन् २०१७ मा इरफान अभिनित चलचित्र हिन्दी मिडियम रिलिज भएको थियो । हिन्दी मिडियमले राम्रो प्रतिकृया पाउनुको साथै बक्स अफिसमा राम्रो पकड राखेको थियो । अब अङ्ग्रेजी मिडियमले कस्तो प्रतिक्रिया पाउने हो त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्