Logo

‘अमेरिकन आइडल’ मा छानिए दिवेश !



Spread the love

अमेरिकाको चर्चित रियालिटी शो ‘अमेरिकन आइडल’ मा नेपालीका गायक दिवेश पोखरेलले छनोट भएका छन् । ‘अमेरिकन आइडल’ मा २१ वर्षिय नेपाली ठिटो दिवस छानिएका छन् ।  उनी अमेरिकन आइडलको १८ औं सिजनमा शीर्ष २० मा पुगेका हुन् ।

अमेरिकन आइडलमा आइतबार उनले दिएको प्रस्तुतीले निर्णायकहरुको मन जितेको हो । उनले अडिसनमा बब डिलनको ‘द गर्ल फ्रम द नर्थ कन्ट्री’ र क्रिडेन्स क्लियर वाटर रिभाइभलको ‘ह्याभ यु एभर सीन द रेन’ गाएका थिए ।

छनौटका प्रस्तुत हुँदा नमस्ते गर्दै उपस्थित भए, र बारम्बार नमस्ते गरिरहेका देखिन्थे। उनले आफू नेपालमा जन्मेको र नेपालको सुन्दरतामाथि प्रकाश पार्ने कोशिस गरे। उनले आफू ६ वर्ष हुँदादेखि गाउन थालेको बताएका छन्।

निर्णायकहरुले उनलाई ‘हामीले भन्न खोजेको स्टोरी नै तिमी हौँ’ भनेका थिए । यस्तो प्रतिक्रियाबाट दिवस खुशी भएका थिए । दिवसले स्टेजमा पुगेर ‘नमस्ते’ शब्दले नेपालको परिचय दिए ।

प्रतिक्रिया दिनुहोस्