Logo

तपाईं बच्चाका लागि अभिभावक मात्र नभएर, साथी पनि बन्ने कि !



Spread the love

चाडपर्व घुमफिर, खेलकुद जस्ता अतिरिक्त खर्चले पनि बच्चा हुर्काउने काम असहज बनेको छ, धेरै दम्पतीका लागि । घरायसी व्यायभार बढेकै कारण श्रीमान् र श्रीमती दुबै आयआर्जनमा लाग्नु परेको छ । यस्तो अवस्थामा एक्लो बच्चा अरु एक्लिएका छन् । न उनीहरुसँग खेल्ने साथी छन्, न त आफ्नै दाजुबहिनी ।

यसरी एक्लिदै गएका बालबच्चाका लागि अभिभावकले अब दोहोरो भूमिका खेल्नुपर्नेछ । पहिलो त, बालबच्चाका लागि अभिभावक मात्र बनेर पुग्दैन, उनीहरुको साथी पनि बन्नुपर्नेछ ।

साथी बन्नका लागि तपाईंले आफ्नो आनीबानी त्याग्नु पर्नेछ । बच्चाको साथी बन्न तपाईंले बच्चालाई आफुजस्तै परिपक्क बनाएर हुँदैन । बरु, तपाईं पनि बच्चा जस्तै हुनुपर्छ । बच्चाका लागि तपाईं पनि बच्चा बन्नुपर्छ ।

यदि तपाईं सधै अभिभावकको भूमिकामा रहनुभयो भने तपाईंका बच्चामा केही प्रवृत्तिगत एवं स्वभावजन्य समस्या देखापर्न थाल्छ । उनीहरु एक्लै बस्ने, एक्लै रमाउने, एक्लै खेल्ने कुरामा अभ्यस्त हुन बाध्य हुन्छन् । सानो उमेरमा त यो स्वभावप्रति तपाईंको कुनै ध्यान जादैन ।

जब बच्चा विद्यालयबाट घर र्फकन्छन्, तपाईंले उसलाई कुनै कुरा आदेश दिने/अह्राउने होइन । बरु आफु पनि उसको काममा सहभागी हुनुपर्छ । खाजा खाएको बेला होस् वा होमवर्क गरेको बेला, तपाईंको उपस्थिती, सहयोग र हस्तक्षेप सबै कुरा आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्