Logo

यसरी बढाउनुहोस् आफ्नो स्मरण शक्ति!



Spread the love

भनिन्छ, उमेर बढ्दै जाँदा हाम्रो स्मरणशक्ति पनि कमजोर हुँदै जान्छ । यस्तो हुनपनि सक्छ । तर, स्मरणशक्तिलाई हामी उमेर ढल्कदै गएपनि तन्दुरुस्त राख्न सकिन्छ ।
व्यायाम
जब हामी व्यायाम गर्छौं, दिमागको कोशिकाबीच आपसी सम्पर्क राम्ररी हुन्छ र नयाँ कोशिका पनि निर्माण हुन्छ । कार्डियो एक्सरसाइज अझ राम्रो हो, शरीरमा अक्सिजन प्रवाह हुन्छ ।
गतिविधिका साथ याद गरौं
यदि तपाई कुनैपनि कुरा मुभमेन्टका साथै गर्नुहुन्छ भने, त्यसलाई याद अर्थात स्मरण गर्न बढी संभव हुन्छ ।
सन्तुलित भोजन
तपाईं जब चिनीजन्य खानेकुरा सेवन गर्नुहुन्छ, त्यसको २० प्रतिशत हिस्सा सोझै दिमागमा पुग्छ । त्यही कारण हो कि, दिमागको कामकाजी हालत ग्लुकोजको स्तरमा निर्भर रहन्छ ।
दुनियाबाट बेखबर रहनुहोस्
तनाव दिनमागका लागि राम्रो पनि हुन्छ । किनभने आपतकालमा त्यही दिमागले तिब्र रुपमा निर्णय लिन सक्छ । तर, धेरै समय तनावमा रहँदा त्यही दिमागलाई असर गर्छ । साथै कहीले काहीँ दुनियाबाट बेखबर रहनु पनि राम्रो हो । यसले दिमागलाई विश्राम दिन्छ । त्यसबेला दिमागको अर्को हिस्साले काम गर्छ । त्यो हिस्सा, जो सपना देख्दा सक्रिय हुन्छ । स्मरणशक्ति बढाउनका लागि यो अभ्यास निकै प्रभावकारी हुनसक्छ ।नयाँ चुनौतीको खोजी
दिमागलाई तन्दुरुस्त राख्नका लागि आवश्यक छ कि, तपाईं त्यसलाई चुनौती दिनुहोस् । यसले तपाईंलाई नयाँ कुरा सिक्न प्रेरित गर्छ ।
पढ्नुहोस् र सोच्नुहोस्
जब तपाई कुनै नयाँ कुरा पढ्नुहुन्छ, तब तपाईंको दिमागको दुई कोशिकाको तार जोडिन्छ । जब तपाईं सुत्नुहुन्छ, जुन यो सम्पर्क बलियो हुन्छ । तपाईंले पढ्नुभएको कुरा मस्तिष्कमा रहन्छ । यो कुनैपनि कुरा स्मरणमा राख्ने राम्रो काइदा हो ।

प्रतिक्रिया दिनुहोस्