Logo

कोभिड–१९ को कारण चीन ८४ हजार करोड नोट जलाउँदै



Spread the love


एजेन्सी । कोभिड–१९ अर्थात् कोरोना भाइरसको कारण विश्वभर ७१,३२६ जना संक्रमित भएका छन् । जसमध्ये चीनमा संक्रमित हुनेहरुको सङ्ख्या ७०,५४८ रहेको छ । कोभिड–१९ को कारण विश्वभरमा १७७५ जनाको मृत्यु भइसकेको छ भने जसमध्ये १७७० जना चीनीया नागरिक रहेका छन् ।


चीनले कोभिड–१९ बाट संक्रमित नोटहरु जलाउने भएको छ । अब चीन संक्रमित व्यक्तिहरुको माध्यमबाट बजारमा आएका नोटहरु खोजी गर्दै छ । अब ती संक्रमित नोटहरुलाई नष्ट गरिनेछ ।
चीनको सेन्ट्रल बैंकको गुआंगझोउ ब्रान्चले बजारमा आएका सबै कागजका नोटहरु नष्ट गर्ने बताएको छ । यसै गरी पिपल्स बैक अफ चाइनाले पनि कागजका सबै नोटहरु नष्ट गर्ने आदेश दिएको छ तर अझैसम्म चीनको सेन्ट्रल बैंकले कति राशिका नोटहरु नष्ट गर्ने हो उक्त कुराको खुलासा भएको छैन ।

सेन्ट्रल बैंकका गर्भनरले सेन्ट्रल बैंकबाट जनवरी १७ देखि आजसम्म पुरै देशमा ६०० बिलियन युआन (करिब ६.११ लख करोड रुपैयाँ) को नोटहरु निकालेको थियो । जसमध्ये ४ बिलियन युआन (करिब २८,५८१ करोड रुपैयाँ ) का नोटहरु वुहानमा पठाइएको थियो ।

सेन्ट्रल बैंकले पहिला बजारमा परिचालित नोटहरु नष्ट गर्ने बताएको छ । सेन्ट्रल बैंकले यो पनि बताएको छ कि जनवरीपछि बजारमा पठाएका नोटहरु जम्मा गरी क्वारेन्टाइन गरी अल्ट्राभाओलेट किरणको मद्धतले नोटहरुलाई शुद्ध गरिनेछ । नोटलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिनेछ । त्यसपछि मात्र बजारमा पठाइनेछ ।


बजारका विशेषज्ञहरुको यो मान्छन् कि चीनको वुहान र दक्षिणी राज्यमा ८४,३२१ करोड रुपैयाँ पठाइएको छ । जसमध्ये दक्षिणी राज्यमा ५५,७४० करोड रुपैयाँ पठाइएको थियो । सेन्ट्रल बैंकले मानिसहरुसँग सबै पुरानो कागजका नोटहरु बैंकमा जम्मा गर्नको लागि आग्रह गरेको छ ताकी ती नोटहरुलाई नष्ट या क्वारेन्टाइन गर्न सकियोस् ।

प्रतिक्रिया दिनुहोस्