Logo

म्यानचेस्टर युनाइटेडद्धारा चेल्सी पराजित



Spread the love


एजेन्सी । गए राति सम्पन्न भएको प्रिमियर लिग फुटबल खेलमा म्यानचेस्टर युनाइटेडद्धारा चेल्सी पराजित भएको छ । युनाइटेडले चेल्सीलाई २–० ले हराएको हो ।


चेल्सीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीका एन्थोनी मार्सलले खेलको ४५ औँ मिनेटमा गोल गरी सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६६ औँ मिनेटमा ह्यारी मगायरले गोल गरी युनाइटेडलाई २–० ले जिताए ।

खेलमा जित निकालेसँगै युनाइटेड ३८ अंक जोडी तालिकाको सातौँ स्थानमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्