Logo

दक्षिण अफ्रिकाका डु प्लेसिसले दिए कप्तानबाट राजिनामा



Spread the love

एजेन्सी। दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिसले कप्तानीपदबाट राजिनामा दिएका छन् । टेष्ट र टि ट्वान्टी कप्तानबाट फाफ डु प्लेसिसले सोमबार राजिनामा दिएका हुन् ।

फाफ डु प्लेसिसको कप्तानीमा अघिल्लो महिना दक्षिण अफ्रिकाले इंग्ल्यान्डसँगको चार टेष्ट सिरिज ३-१ ले गुमाउन पुग्यो । डी ककको कप्तानीमा दक्षिण अफ्रिकाले तीन ओडीआई सिरिज इंग्ल्यान्डसँग १-१ को बराबरीमा सकाएको थियो ।

प्लेसिसले आफ्नो कप्तानीमा ३६ टेष्टमा १८ मा जित, १५ मा पराजित र ३ मा बराबरी छ । प्लेसिसको कप्तानीमा दक्षिण अफ्रिका ३९ ओडीआई खेलमा २८ मा जित १० मा पराजितको नतिजा छ । टि ट्वान्टीमा डु प्लेसिसले ३७ खेलमा २३ मा जित र १३ मा हार बेहोरेका छन् ।

गत जुलाईमा इंग्ल्यान्डमा सम्पन्न आईसीसी एक दिवसिय विश्वकपमा दक्षिण अफ्रिका सातौं स्थानमा रहँदै बाहिरिएपछि प्लेसिसको कप्तानीमा प्रश्न उठेको थियो ।

प्रतिक्रिया दिनुहोस्