Logo

च्याम्पियन्स लिग अन्तर्गत लिभरपुल र एट्लेटिकाे मड्रिड प्रतिस्पर्धा गर्दै



Spread the love

एजेन्सी । विश्व फुटबलको दोस्रो सबैभन्दा ठुलो प्रतियोगिता मानिने च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ का खेलहरु आजबाट सुरु हुँदैछन् ।

साबिक विजेता लिभरपुलले पहिलो लेगमा एट्लेटिको मड्रिडसँग उसैको घरेलु मैदानमा च्याम्पियन्स लिगको अन्तिम ८ का लागि प्रतिस्पर्धा गर्नेछ । पछिल्लो समयमा बलियो मानिएको लिभरपुल खेलमा जित निकाल्ने प्रयास गर्नेछ । यसैगरी एट्लेटिको मड्रिड पनि जित निकाल्नको लागि सङ्घर्षरत हुनेछ । एट्लेटिको मड्रिडलाई अभागी टिम रुपमा लिने गरिन्छ । एट्लेटिको मड्रिड तीनचोटि फाइनलमा पुगेर च्याम्पियन्स लिग जित्न नसकेको एउटा मात्र टिम हो ।

यसै गरी आज राति जर्मनीको क्लब बोरुसिया डर्टमन्ड र फ्रान्सको क्लब पीएसजी अन्तिम आठमा पुग्नको लागि पहिलो लेगमा प्रतिस्पर्धा गर्नेछन् । दुबै टिम बलिया मानिन्छन् । पीएसजी लिग वानको साविक विजेता हो भने डर्टमन्ड बुन्डेसलिगको रनरअप हो । स्टार खेलाडीले भरिएको पीएसजी पहिलो लेगमा आफ्नो जित निकाल्न सक्दो प्रयास गर्नेछ । यता डर्टमन्ड पनि युवा खेलाडीहरुको जोशले भरिएको छ । डर्टमन्डले आफ्नो घरेलु मैदानमा आफ्ना समर्थकहरुलाई निराश नबनाउने चेष्टामा लागि पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्