Logo

कोभिड–१९ को कारण मृत्यु हुनेहरुको सङ्ख्या १८०० नाघ्यो



Spread the love


एजेन्सी । कोभिड–१९ अर्थात् कोरोना भाइरसको कारण चीनमा ज्यान जानेहरुको सङ्ख्या १,८६८ पुगेको पिपल्स डेली चाइनाले बताएको छ ।

हिजोसम्मको रिपोर्ट अनुसार चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेहरुको सङ्ख्या १७७० थियो । हिजोदेखि आजसम्म ९८ जनाको मृत्यु भइसकेको छ । चीनभन्दा बाहिर भने कोरोनाको कारणले ५ जनाको मृत्यु भइसकेको छ ।


यसै गरी कोरोना भाइरसबाट संक्रमित हुनेहरुको सङ्ख्या ७२,४३६ पुगेको छ । हिजोको रिपोर्ट अनुसार ७०, ५४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । अस्पतालबाट डिस्चार्ज भएर घर जानेहरुको सङ्ख्या भने १२,५५२ रहेको छ ।

याे पनि पढ्नुहाेस् ।

कोभिड–१९ को कारण चीन ८४ हजार करोड नोट जलाउँदै

४८ घण्टा ‘क्वारेन्टाइन’मा रहेको नेपाल एयरलाइन्सको वाइडबडीले आजबाट नियमित उडान भर्ने

प्रतिक्रिया दिनुहोस्