Logo

नङ टोक्ने बानी छ भने लाग्न सक्छ यस्तो घातक रोग !



Spread the love

कतिपयको त बानी नै हुन्छ, नङ टोक्ने । उनीहरु फुर्सद पाउनसाथ टोक्न थाल्छन् नङ । नङ टोक्ने बानी सामान्य लाग्न सक्छ । तर, यसले स्वास्थ्यमा निकै नराम्रो असर पुर्‍याउँछ । के पनि भनिन्छ भने, नङ टोक्नु भनेको तनावग्रस्त हुनुको संकेत हो । तर हामी हाम्रो नङ टोक्ने बानीबाट हामी सजिलै छुट्कारा पाउन सक्दैनौं । नङमा साल्मोनेला र ईकोलाई जस्ता रोगहरु उत्पन्न गर्ने किसिमका ब्याक्टेरियाहरु हुन्छन् । जब तपाइर्ं दाँतले नङ टोक्नु हुन्छ, ब्याक्टेरिया सजिलै तपाईंको मुख भित्र प्रवेश गर्छ ।
स्किन इन्फेक्सन हुन सक्छ
नङ टोक्नाले नङ वरपरका छालाको कोशिकाहरुलाई पनि हामी पुग्छ । यस्तो अवस्थामा पेरोनिसियाबाट पीडित हुने पनि खतरा हुन्छ ।
दाँतलाई पनि हानी पुर्‍याउँछ
नङ चपाउनाले दाँतमा एकदम नराम्रो असर पर्छ । नङबाट निस्कने फोहोरले तपाईंको दाँतलाई कमजोर बनाउन थाल्छ ।
छालामा घाउ हुन सक्छ
बारम्बार नङ टोक्ने मानिसहरु डर्मेटोफेजिया नामक रोगको शिकार हुन सक्छन् । यो रोग लागे पछि छालामा घाउ हुन थाल्छ ।
क्यान्सरको पनि खतरा हुन्छ
सधै नङ टोक्नाले नङमा समावेश ब्याक्टेरिया हाम्रो आन्द्रासम्म पुग्छ र क्यान्सर जस्तो घातक रोग पनि लाग्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्