Logo

धनुषामा १६ वर्षीय युवक आँपको रुखमा झुण्डिएको अवस्थामा भेटियो



Spread the love

६ फागुन, जनकपुरधाम। धनुषाको मिथिला नगरपालिकामा एक युवक घर छेउको बगैँचामा झुण्डिएको अवस्थामा भेटिएका छन् । मिथिला नगरपालिकास्थित ढल्केवरमा ‘जनकपुर टुडे’ पत्रिका बेच्दै हिँड्ने मिथिला नगरपालिकाका ब्रम्हदेव महतोको छोरा १६ वर्षीय विवेक कुमार महतोको शव आफ्नै बगैँचामा रहेको आँपको रुखमा झुण्डिएको अवस्थामा बिहान साँढे ८ बजे फेला परेको इलाका प्रहरी कार्यालयरका इन्चार्ज प्रहरी निरीक्षक तिर्थ कुमार कार्कीले जानकारी दिए ।

बिहान ८ बजेसम्म पत्रिका बाँड्दै हिंडेका युवक साढ़े ८ बजे अचानक झुण्डिएको अवस्थामा भेटिनु रहस्यमय रहेको स्थानीयले बताएका छन् । ढल्केवरस्थित महेन्द्र माविमा कक्षा १० मा अध्ययनरत विवेकले आत्महत्या होइन्, उसलाई हत्या गर्न लगाइएको पीडित परिवारको दावी छ ।

मृतकको शव यतिबेला पोस्टमार्टमको लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्