Logo

माने, सलाह र फिर्मिनो नै लिभरपुलका सबैथोक– ओब्लाक



Spread the love


एजेन्सी । स्पेनिश क्लब एट्लेटिको मड्रिडका गोलरक्षक जोन ओब्लाकले लिभरपुलका फ्रन्ट थ्री अर्थात् माने, सलाह र फिर्मिनो नै सबैथोक भएको बताएका छन् ।


च्याम्पियन्स लिगको अन्तिम १६ खेल आज रातिबाट सुरु हुँदैछ । आज राति लिभरपुल र एट्लेटिको मड्रिड अन्तिम ८ को लागि प्रतिस्पर्धा गर्दैछन् । पहिलो लेगमा लिभरपुल एट्लेटिको मड्रिडको घरेलु मैदानमा जित निकाल्ने दाउमा हुनेछ ।


पत्रकार सम्मेलनमा ओब्लाकले भने,“हामीले सबै कुराको समीक्षा गरेका छौँ । लिभरपुल एउटा बलियाे टिम हो र सबैजनाले मैदानमा अद्भूत क्षमता प्रस्तुत गर्दछन् । तर फ्रन्टमा भएका तीनजना लिभरपुलका सबैथाेक हुन् । उनीहरूले हामीलाई हराउने प्रयास गर्नेछन् तर हामीले पनि राम्रो प्रदर्शन देखाउने प्रयास गर्नेछौँ । ”


एट्लेटिको मड्रिड फममा आउन सङ्घर्ष गरिरहेको छ भने लिभरपुल एउटा खेल पनि नहारिकन २५ अंकको फरकमा प्रिमियर लिगको शीर्ष तालिकामा अवस्थित रहेको छ ।


२७ वर्षीय ओब्लाक स्लोभेनियाका गोलरक्षक हुन् । उनी सन् २०१४ मा एट्लेटिको मड्रिडमा अनुबन्ध भएका थिए । उनी अहिलको समयका उत्कृष्ट गोलरक्षकको सूचिमा पनि पर्दछन् । सन् २०१७ र २०१८ मा उनी बालोन डी’ओरको लागि मनोनित पनि भएका थिए ।

प्रतिक्रिया दिनुहोस्