Logo

मलाङ्गले कति कमायो ?



Spread the love


एजेन्सी । लभ आजकलले दर्शकको मन जित्न असक्षम भए पछि आदित्य रोय कपुर र दिशा पटानी अभिनित चलचित्र मलाङ्ग दर्शकको पहिलो रुचि भएको छ ।

मलाङ्ग फेब्रुअरी ७ मा रिलिज भएको थियो । आजका दिनसम्म आइपुग्दा मलाङ्गले ४९.२० करोड भारु बनाएको छ । यो साताको अन्त्यसम्ममा आइपुग्दा ५३ करोड भारुसम्म बनाउन सक्ने अनुमान गरिएको छ ।

मोहित सुरीको निर्देशनमा बनेको चलचित्र आदित्य र दिशा बाहेक अनिल कपुर र कुनाल खेमुको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्