Logo

रहेनन् काँग्रेस गुल्मीका प्रथम सभापति ज्ञवाली



Spread the love

६ फागुन, गुल्मी – नेपाली काँग्रेस गुल्मीका प्रथम सभापति भागवत ज्ञवालीको अल्सर रोगबाट निधन भएको छ । विगत केही समयदेखि उनि सो रोगबाट पीडित हुँदै आएका थिए । पूर्वसांसद समेत भएका उनको उपचारका क्रममा आज बिहान ललितपुरको अल्का अस्पतालमा निधन भएको हो ।


विसं २००१ कात्तिक १ गते गुल्मीमा जन्मिएका उनि २०४८ सालको निर्वाचनमा सोही जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।


नेपाली काँग्रेसले गुल्मीका अग्रज, निष्ठावान् एवम् अभिभाव ज्ञवालीको निधनले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी सङ्गठनमा महत्वपूर्ण क्षति पुगेको जनाएको छ । पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज शोक वक्तव्य जारी गर्दै ज्ञवालीको निधनले आफूलाई दुःखित र स्तब्ध बनाएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्