Logo

स्कुलकाे लागि कन्सर्ट गर्दै नेपथ्य



Spread the love


काठमाडौं । सुप्रशिद्ध नेपाली ब्यान्ड नेपथ्यले यहीं फाल्गुण १७ गते काठमाडौंको भृकुटी मण्डपमा कन्सर्ट दिने भएको छ

नेपथ्य ब्यान्ड विशुद्ध मनोरन्जनमा मात्र सीमित रहने छैन । कन्सर्टमा उठेको पैसाले दोलखा जिल्लामा विद्यालयको भवन निर्माण गरिनेछ ।

वि सं २०७३ सालमा उद्घाटन भएको भवन अझै पनि पुरा भएको छैन । उक्त भवन बनेपछि तीन सय विद्यार्थीले पढ्न पाउने छन् ।

भूकम्पपछि नेपथ्यले विदेशका विभिन्न स्थानमा कन्सर्ट गरी उक्त रकम भूकम्प पीडितहरुको नाममा खर्च गरेको थियो ।

नेपथ्य ब्यान्ड सन् १९९० मा स्थापना भएको थियो । नेपथ्य विगत २५ वर्षदेखि नेपालको निकै मन पराइएको सांगीतिक समूह हो । नेपथ्यले पुराना लोक संस्कृतिलाई आधुनिकीकरण गरी आफ्नो प्रदर्शन दिंदै आइरहेको छ । लोक रक जनरामा आधारित ब्यान्डले सामाजिक काममा पनि आफ्नो हात राखेको छ ।

प्रतिक्रिया दिनुहोस्