Logo

कृषि मेलामा ५३ किसान पुरस्कृत(नामावली सहित)



Spread the love

७ फागुन, धादिङ – नीलकण्ठ नगरपालिका–३ खुलामञ्चमा आयोजित सातौँ धादिङ महोत्सवमा भएको कृषि मेला प्रदर्शनीमा ५३ किसान पुरस्कृत भएका छन् ।

प्रदर्शनीमा जिल्लाभरबाट २६१ किसानको चार सयभन्दा बढी कृषि उपज राखिएको थियो । प्रदर्शनीमा काउलीबालीतर्फ धुनीबेँसीका विदुर भट्टराई, नीलकण्ठका टेकबहादुर मगर, बेनिघाट रोराङका भरत डल्लाकोटी र बेनीघाट रोराङका टङ्क बस्नेतले क्रमशः प्रथम द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

यसैगरी साग तरकालीबालीतर्फ नीलकण्ठका सन्तोषी थापा, जमुना रिजाल, अनिता तामाङ र शारदा दुवाडीले क्रमशः प्रथम द्वितीय, तृतीय र सान्त्वना तथा अन्य तरकालीबालीतर्फ बेनिघाट रोराङका उज्ज्लबहादुर गुरुङको सिर्जना जातको गोलभेँडा प्रथम, बेनीघाट रोराङका बुद्धिराज थपलियाको जुकिनी जातको फर्सी द्वितीय, खनियाँवासका कविता तामाङको स्थानीय जातको फर्सी तृतीय र नीलकण्ठका महिमा थापामगरको गोलभेडाले सान्त्वना पुरस्कार पाएका छन् ।

त्यस्तै फलफूलबालीतर्फ नीलकण्ठका सञ्चिता दाहालको कागती प्रथम, बेनिद्वाटरोराङका अम्बर गुरुङको सुन्तला द्वितीय, गजुरीका चेतनारायण श्रेष्ठको केरा तृतीय र सिद्धलेकका गीताबहादुर सिलवालको मेवा सान्त्वना पुरस्कार पाएका छन् । आलुबालीतर्फ नीलकण्ठका सिर्जना श्रेष्ठ प्रथम, बेनिघाटरोराङका गोबिन्द सिलवाल द्वितीय, नीलकण्ठका अन्त नारायण श्रेष्ठ तृतीय र नीलकण्ठटका छविलाल श्रेष्ठ सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

यसैगरी मसलाबालीतर्फ नीलकण्ठका बच्चे नेपाली, मेघराज दुवाडी, बेनिघाट रोराङका मेश दुवाडी र नीलकण्ठकै चन्द्रबहादुर मगराती क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै जरेबालीतर्फ नीलकण्ठका सन्तोष दुवाडी, गजुरीका कुम्भराज उप्रेती, नीलकण्ठका पदमबहादुर श्रेष्ठ र बेनिघाटरोराङका रेजु थपलिया क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्राप्त गरेका छन् भने नगदेबालीतर्फ नीलकण्ठका राममाया श्रेष्ठको तोरीबाली प्रथम, प्रदीप दुवाडीको मास बाली द्वितीय, भगवतीमल्ल ठकुरीको, कफी तृतीय र घिमिरे कृति तथा पशुपक्षी फर्मको उखु सान्त्वना पुरस्कार पाउन सफल भएका छन् ।


यसैगरी खाद्यान्न बालीतर्फ बेनिघाटका तिलक भट्टराई प्रथम, नीलकण्ठका सिर्जना श्रेष्ठ द्वितीय, नीलकण्ठका रामकृष्ण खनाल तृतीय र नीलकण्ठका विष्णुप्रसाद पोखरेल सान्त्वना पुरस्कार पाएका छन् । विविध समूहतर्फ नीलकण्ठका तपकान्त दुवाडीको च्याउ प्रथम, सिद्धलेकका भद्र गिरीको मौरी द्वितीय र नीलकण्ठका गणेशकुमार श्रेष्ठको कागती तृतीय पुरस्कार पाएका छन् ।

कृषि प्रदर्शनीको समग्र मूल्याङ्कन गर्दा बेनिघाटरोराङका गोमादेवी सिलवालको काउली, लीलाकुमारी बस्नेतको ब्रोकाउली तथा नीलकण्ठको ब्रम्हकुमारी सेवा केन्द्रको रायो, मस्टिका रिमालको रायो र अस्मिता लम्सालको रायो पुरस्कृत भएको कृषि समितिका संयोजक रामकुमार शाहले जानाकारी दिए ।

पुरस्कृत किसानलाई फागुन १० गते खुलामञ्चबाट पुरस्कार वितरण गरिने भएकोले सहभागिताका लागि आयोजकले सोही दिन महोत्ससवस्थल आउन आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्