Logo

आज मिति २०७५ साल फागुन ७ गते बुधबार, आजको राशिफल



Spread the love

आज मिति २०७५ साल फागुन ७ गते बुधबार । आजको राशिफल यस प्रकार रहेको छ । तपाईंहरुको दिन शुभ रहोस्।

मेष राशी : व्यापार व्यवसायबाट लाभ मिल्नेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । रोजगारको अवसर मिलनेछ ।

मिथुन राशी :लाभदायक यात्राको सम्भावना छ । ग्रजहरूको सहयोग जुट्नुका साथै शुभचिन्तकहरूबाट उत्साह प्राप्त हुनेछ। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । उद्योग र व्यापारमा मनग्गे लाभ हुनेछ।

सिंह राशी: परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। बौद्धिकताको विकास हुनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला।

तुला राशी : दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। चोटपटक लाग्न सक्नेछ । आर्थिक सङ्कटले सताउनेछ । यात्रामा मालसामान हराउन सक्छ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ ।

धनु राशी: प्रेम प्रस्ताव प्राप्त हुनसक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। राजनैतिक कार्यमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ ।। अभिभावकको सुझाव मुताबिक निर्णय लिनुमै आफ्नो कल्याण छ ।

कुम्भ राशी : मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ ।

बृष राशी :साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला । प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला।

कर्कट राशी : सजिलै अरूको मन जित्न सकिनेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ | नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि चिताएको काम सम्पादन गर्न केही समय प्रतीक्षा गर्नुपर्ला।

कन्या राशी : प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । पढाइमा प्रगति हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । खर्च लागे पनि कर्जामार्फत धन जुट्नेछ।

वृश्चिक राशी :व्यवसायिक क्षेत्रबाट लाभ हुने, परोपकारजन्य कार्यमा लगाव बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ ।

मकर राशी :अरूको मुख ताक्ने बानीले पछि परिनेछ। सम्भावना देखिए पनि उपलब्धि हातपार्न केही श्रम गर्नुपर्ला। काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा सङ्कट आउला । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ ।

मीन राशी :लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्