Logo

एट्लेटिकाे मड्रिडद्वारा लिभरपुल पराजित



Spread the love


एजेन्सी ।
गएराति सम्पन्न भएको च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा लिभरपुल एट्लेटिको मड्रिडसँग पराजित भएको छ ।

एट्लेटिको मड्रिडले आफ्नो घरेलु मैदानमा साविक विजेता लिभरपुललाई १–० ले हराएको हो ।
खेल सुरु भएको ४ मिनेटमा नै एट्लेटिको मड्रिडका साउल निगुएजले गोल गरेका थिए । उनले गरेको गोल नै निर्णायक गोल भयो ।


लिभरपुलले दुई पटक राम्रो अवसर पाए पनि सदुपयोग गर्न सकेन । अब दोस्रो लेगको खेल मार्च ११ मा लिभरपुलको घरेलु मैदानमा हुनेछ । खेलमा जित निकालेसँगै एट्लेटिको मड्रिडको हौसला बढेको छ । पहिलो लेगको हारको बदला लिभरपुलले दोस्रो लेगमा लिने कोशिस गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्