Logo

डर्टमण्डको जितमा हालन्डको दुई गोल



Spread the love

एजेन्सी । गएराति सम्पन्न भएको च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा बोरुसिया डर्टमन्डद्धारा पीएसजी पराजित भएको छ ।

डर्टमण्डको घरेलु मैदानमा भएको खेलमा डर्टमण्डले पीएसजीलाई २–० ले पराजित गरेको हो ।
खेलको ६९ औं मिनेटमा हालन्डले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाए । खेलको ७५ औँ मिनेटमा नेयमारले गोल गरी डर्टमण्डसँग बराबरीको लयमा ल्याए । पहिलो गोल गरेको ८ मिनेटमा पुनः हालन्डले गोल गरी डर्टमण्डलाई २–१ ले जिताए ।

हालन्ड पछिल्लो समयमा गोल मेसिनको रुपमा प्रस्तुत भएका छन् । गत जनवरीमा डर्टमण्डमा आबद्ध भएका हालन्डले लिगकाे ७ खेलमा ११ गोल गरिसकेका छन् भने चालु सिजनमा पुरानाे क्लब र नयाँ क्लबकाे लागि खेलेकाे च्याम्पियन्स लिगकाे ७ खेलमा १० गाेल ।


दोस्रो लेगको खेल पीएसजीको घरेलु मैदानमा मार्च ११ मा हुनेछ । दोस्रो लेगमा पीएसजी हारको बदला लिने दाउमा हुनेछ भने खेलमा जित निकालेको डर्टमण्ड पुनः जित निकाली अगाडि बढ्न खोज्नेछ ।

प्रतिक्रिया दिनुहोस्