Logo

प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका अभय सिंह पक्राउ



Spread the love

७ फागुन, रौतहट । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका तराई जन्तान्त्रिक मुक्ति मोर्चाका नारायणी अञ्चल ईन्चार्ज अभय सिंह पक्राउ परेका छन् । काठमाडौँ, सर्लाही र रौतहटमा शरीर बन्धक, चन्दा फिरौती ज्यान मार्ने उद्योगजस्ता दर्जनाँ मुद्दा दर्ता भइ फरार रहेका अभय सिंह भन्ने कामेश्वर पटेललाई मङ्गलवार राति प्रहरी टोलीले गोली प्रहार गरी चन्द्रपुर–४ बाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय गौर, ईलाका प्रहरी कार्यालय चन्द्रपुर र बाराको संयुुक्त टोली अभय सिंहलाई नियन्त्रणमा लिन चन्द्रपुर–४ राजमार्गबाट करीव २०० मिटर दक्षिण बाटोमा ‘एम्बुस’ थापेर बसेका थिए ।

जवाफी कारवाहीमा प्रहरीले फायर गर्दा अभय सिंहको देब्रे खुटामा २ गोली लागेर ढलेपछी संयुक्तटोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी रौतहटका प्रमुख एसपी रविराज खडकाले जानकारी दिए । प्रहरीको गोली लागेर घाइते भएका सिंहको हाल चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्