Logo

भारतसँग व्यापार सम्झौता भविष्यमा गरिने – डोनाल्ड ट्रम्प



Spread the love


एजेन्सी । आउँदो साता भारत यात्रामा आइरहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग ठुलो व्यापार सम्झौता भविष्यमा गरिने बताएका छन् । ट्रम्पले भारतसँगको सम्झौता यो वर्षको नोभेम्बरमा हुन थालेको अमेरिकाको राष्ट्रपति चुनावभन्दा अगि नहुने पनि जनाएका छन् ।


अमेरिकाको राजधानी वासिङ्टन डीसीमा पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले भने,“हामीले भारतसँग व्यापार सम्झौता गर्न सक्छौँ । यो ठुलो सम्झौतालाई भविष्यको लागि सुरक्षित गर्दै छु । हामीले भारतसँग ठुलो सम्झौता गर्न जाँदै छौँ । हामी यो सम्झौता त गर्न जाँदै छौँ तर नोभेम्बरमा हुने चुनावअघि हुन्छ कि हुँदैन त्यो अझै निक्र्यौल भएको छैन । हामीले भारतसँग सम्झौता भने गर्नेछौँ ।”


ट्रम्पले पत्रकार सम्मेलनमा कुरा गर्दै आफू भारतलाई लिएर उत्साहित भएको बताएका छन् । उनले भने,“मलाइ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी निकै मन पर्छन् । उनले मलाइ विमानस्थलदेखि इभेन्टसम्म ७० लाख मानिस हुने र अहिले बनिरहेको स्टेडियम विश्वको सबैभन्दा ठुलो स्टेडियम हुने बताएका छन् ।”

आजभोलि भारत र अमेरिकाबीच व्यापार सम्बन्ध त्यति राम्रो रहेको छैन । राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीको तारिफ गरे पनि भारतसँग व्यापार सम्झौतालाई लिएर दुखी भएको पनि जनाए । उनले भने,“भारतले हामीलाई सही व्यवहार गरेको छैन । मलाइ प्रधानमन्त्री मोदी निकै मन पर्छ ।”
ट्रम्प आएपछि दुबै देशबीच व्यापार सम्झौता हुनसक्ने भारतीयहरुको आशा रहेको छ । तर ट्रम्पले सम्झौतामा समय लाग्न सक्ने संकेत दिएका छन् ।

अमेरिका भारतको सबैभन्दा ठुलो व्यापार सहयोग भएको देश हो । सन् २०१९ मा अमेरिकाले भारतलाई ४५.३ अर्ब सहयोग गरेको थियो भने अमेरिकाले भारतबाट ६५.६ अर्ब डलर बराबरको उत्पादन आयात गरेको थियो ।

भारत यात्रामा राष्ट्रपति ट्रम्प अहमबादको मोटेरा स्टेडियममा नमस्ते ट्रम्प नामक कार्यक्रममा पनि भाग लिनेछन् । सोही कार्यक्रममा धेरै मानिसहरु जम्मा हुनसक्छन् ।

ट्रम्पको यात्रालाई मध्यनजर गर्दै अहमबादमा कडा सुरक्षाको व्यवस्था भइरहेको छ । अहमबादमा १२,००० पुलिस खटिने छन् । विमानस्थल र स्टेडियमबीचमा पर्ने सुकुम्बासी वस्तीको बाहिर पर्खाल लगाइएको छ ताकी ट्रम्पको आँखा झुपडीमा नपरोस् ।

प्रतिक्रिया दिनुहोस्