Logo

चीनबाट ल्याइएका सबै १७५ जना नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएन – स्वास्थ्य मन्त्रालय



Spread the love

७ फागुन, काठमाडौं । चीनको वुहानबाट ल्याइएको १ सय ७५ जना नेपालीमा कोरोनाभाइरस(कोभिड-१९) को संक्रमण नभएको पुष्टि भएको छ। बुधबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै १ सय ७५ नेपालीमा संक्रमण नदेखिएको पुष्टि गरेको हो।

क्वारेन्टाइन स्थलमा राखेको दिन नै परीक्षणको लागि सबैको नाक र घाँटीको र्‍यालको नमूना लिइएको थियो। मन्त्रालयले कोरना भाइरस फैलन नदिन सरकारले निगरानी गरिरहेको भन्दै संक्रमण फैलन नदिन आवाश्यक तयारी गरिरहेको जनाएको छ । सरकारले गत फागुन ४ गते चीनबाट १७५ जना नेपालीको उद्दार गरेर खरिपाटीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्