Logo

चलचित्र प्रदर्शन अगावै मेरो काम सकियो– सारा अली खान



Spread the love


एजेन्सी । बलिउडकी स्टार सारा अली खानले लभ आजकलको बक्स अफिसमा गरेको कमाइ बारेमा प्रश्न गर्दा कलाकारको रुपमा आफूले चलचित्र प्रदर्शन अगाडि नै आफ्नो काम सकेको बताएकी छिन् ।

सारा अली खानले भनिन्,“म यस बारेमा केही पनि भन्न चाहन्न । मैले कलाकारको रुपमा सधैँ आफ्नो काम गरेकी छु । चलचित्र रिलिज हुनु अगावै मैले आफ्नो काम सकेकी छु किनभने मेरो काम निर्देशकले जे गर्न भन्छ त्यहीं हो । मलाइ लाग्छ मैले आफ्नो काम पूर्ण गरेँ ।”
इम्तियाज अलीको निर्देशनमा बनेको चलचित्र लभ आजकलले बक्स अफिसमा सफल हुन सकेन । लभ आजकलले सुरुको दिनमा १२.४० करोड भारु बनाएको थियो । त्यसपछि भने चलचित्र बक्स अफिसमा खस्किंदै गयो ।

लभ आजकल चलचित्रमा सारा अली खान कार्तिक आर्यनसँग जोडीको रुपमा देखा परेकी छिन् । उनका समर्थकहरुले ठुलो पर्दामा देख्नको लागि आतुर थिए तर चलचित्रले न त राम्रो प्रतिकृया पायो न त बक्स अफिसमा कमाल गर्न सक्यो ।


सारा अहिले कुली नम्बर वान चलचित्रको छायांकनमा व्यस्त छिन् । कुली नम्बर वान डेभिड धवनले निर्देशन गर्दैछन् । उक्त चलचित्र सन् १९९५ मा प्रदर्शन भएको चलचित्र कुली नम्बर वानको रिमेक हुनेछ । पुरानो कुली नम्बर वानमा गोविन्दा थिए भने अहिले छायांकन भइरहेको रिमेकमा बरुण धवन रहेका छन् ।

चलचित्र कुली नम्बर वानमा बरुण र साराको साथमा परेश रावल, राजपाल यादव, जोनी लिभर लगायतका कलाकारहरु रहेका छन् । कुली नम्बर वान मे १ मा प्रदर्शन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्