Logo

यस्तो ठाउँ, जहाँ बालीनाली होइन कारको खेती हुन्छ!



Spread the love

एजेन्सी । अमेरिकाको नेवादामा एउटा यस्तो ठाउँ छ, जहाँ कारहरु फल्दछन् । नेवादाको गोल्डफिल्ड नामक पहाडमा यस्तो घटना घाटएको । उक्त पहाडमा एकजना मानिस कारको खेती गरेर कीर्तिमान कायम गर्न सफल भएका छन् । माइकल मार्क रिप्पी नामका व्यक्ति सन् २०११ मा त्यस ठाउँमा जमीनमा कार गाड्ने काम गरेका थिए । चौरमा रुख ठडिएझैँ गरी कारहरु गाडिएका छन् । सो ठाउँको नाम द इन्टरनेसनल कार फरेस्ट अफ द लास्ट चर्च राखिएको छ ।

अहिले उक्त ठाउँमा ४० वटा भन्दा धेरै पूराना कार तथा ट्रकहरु ठडिएका छन् । ती गाडीहरु जमीनमा केही मात्रामा गाडेर उभ्याइएका हुन् । टाढाबाट हेर्दा जमीनबाट गाडीहरु उम्रिएजस्तो लाग्दछ।

प्रतिक्रिया दिनुहोस्